सुदूरपश्चिम प्रदेशमा १ लाख ७ हजारको कोरोना परीक्षण

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

धनगढी २०, कात्तिक ।

सुदूरपश्चिम प्रदेशमा १ लाख ७ हजार ७ सय ६५ को कोरोना परीक्षण गरीएको छ । प्रदेशमा कोरोना परीक्षण गरीएका मध्ये ९ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ९३ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ३ हजार ८ सय २५ ,डोटीमा १ हजार ३ सय २, अछाममा १ हजार १ सय ७२, कंचनपुरमा १ हजार ६७ बझाङमा ६ सय ५१ ,बैतडीमा ४ सय ९३, बाजुरामा ४ सय ६०,डडेल्धुरामा ४ सय ३३ र दार्चुलामा २ सय ७१ कोरोना संक्रमित रहेका छन्। १ हजार ५ सय १६ सक्रिय संक्रमित सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १६ सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ७ सय ३८, दार्चुलामा १ सय ९८,बझाङमा १ सय ७७ ,डोटीमा १ सय २६,कंचनपुरमा ८०, अछाममा ७९ , डडेल्धुरामा ५७ , बैतडीमा ३५र बाजुरामा ७ संक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ८४ प्रतिशत कोरोनामुक्त सुदूरपश्चिम प्रदेशमा संक्रमित मध्ये ८४ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ८ हजार १ सय ३४ जना कोरोना मुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ३ हजार ७६,डोटीमा १ हजार १ सय ७५,अछाममा १ हजार ९१, कंचनपुरमा ९ सय ८६ ,बझाङमा ४ सय ७१, बैतडीमा ४ सय ५७, बाजुरामा ४ सय ५१, डडेल्धुरामा ३ सय ७५र दार्चुलामा ७२ जना कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ७३ संक्रमित अस्पतालको आईसोलेसनमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमित आईसियुमा र ४ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ११ जना, बझाङमा ३ जना , अछाममा २ , बाजुरामा २ ,डोटीमा १ , दार्चुलामा १, कंचनपुरमा १ र बैतडीमा १ जना कोरोना संक्रमण बाट मुत्यु भएको छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech