कर्णाली प्रदेशका सबै क्वारेन्टिन हटाइने

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

सुर्खेत २०, कात्तिक ।
कर्णाली प्रदेशमा भएका सबै क्वारेन्टिन हटाइने भएको छ । हटाइएका क्वारेन्टिनका सबै सामान आवश्यकता अनुसार आगामी दिनमा प्रयोग गर्न मिल्ने गरी नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो । साथै कोरोनासम्बन्धी विभिन्न देशमा तयार भएका भ्याक्सिन प्रयोग गर्ने विषयमा संघीय सरकारबाट स्वीकृत भएको भ्याक्सिन मात्र प्रयोग गर्ने निर्णय गरिएको छ ।

संघीय सरकारको नीतिअनुसार कर्णाली प्रदेशका लागि आवश्यक पर्ने भ्याक्सिनको आँकलन गरी प्रदेशका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन पनि बैठकले सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ । यस्तै कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थालाई हेरेर आवश्यक दक्ष जनशक्ति परिचालन गर्ने, कोरोनाबाट हुने मृत्युदर घटाउन आवश्यक कार्य गर्नेसमेत केन्द्रको बैठकले निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणबाट भइरहेको मृत्युदर घटाउने गरी कोरोना संक्रमित कस्ता बिरामीलाई अस्पताल ल्याउने, के कस्ता साधनबाट ल्याउने, कुन कुन अस्पताल लैजाने भन्ने बारे पनि योजना तयार गरिने भएका छ । यस्को जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएका छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech