बी ग्रुपद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

 

नेपालगन्ज १९, कात्तिक ।
भेरी वातावरण विशिष्टता समूह (बी ग्रुप) नेपालगञ्जले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

बी ग्रुपले विल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र भेरी अस्पताल नेपालगन्जका लागि पीपीई, पल्स अक्सिमिटर, सर्जिकल मास्क, ग्लोभ्स, स्यानिटाइजर, एन-९५ मास्क, म्यानुअल स्प्रे मेसिन सहयोग हस्तान्तरण गरेको जिल्लाका कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा हालसम्म ३ हजार २ सय ५६ जना व्यक्ति संक्रमित भएका छन्। तीमध्ये २ हजार ९७३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म बाँकेमा ३४ जना संक्रमितको मृत्यु भएको छ भने बाँके जिल्ला २४९ जना र अन्य जिल्लाका १९ जना गरी २६८ जना सक्रिय संक्रमित रहेका छन्।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech