दुई बर्षिय बालिका सहित ३२ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०७७, मंगलवार

 

नेपालगन्ज १८,कात्तिक ।
कोरोना भाइरस संक्रमण मुक्त भई मंगलबार बाँकेमा ३२ जना डिस्चार्ज भएका छन् ।

जिल्लाका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३२ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

११ महिला र २१ पुरुष गरि ३२ जना १० दिन आइसोलेसन बसाई सकेर डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । कोरोना संक्रमण देखिएपछि उनिहरुलाई कात्तिक ८ गते आइसोलेसनमा राखिएको थियो ।

लक्षण चिन्ह नदेखिएका सामान्य अवस्थाका संक्रमित विरामीहरुलाई अहिले ७ दिन थप होम आइसोलेसनमा बस्न भनि १० दिनमा डिस्चार्ज गर्ने गरिएको छ ।

मंगलबार संक्रमण जितेर डिस्चार्ज हुनेहरुमा नेपालगन्ज १० कि २ वर्षिय बालिका समेत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । योसँगै अब बाँकेमा संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या २ हजार ९६० पुगेको छ ।

मंगलबार बिहान सम्म बाँकेका २१८ जना र जिल्ला बाहिरका १७ जना गरि २३५ जना जिल्लाका विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech