६६ प्रयोगशाला – १४६९८१२ नमुना परीक्षण

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

तस्बिर:फाइल

काठमाडौं १७, कात्तिक

देशभर १४ लाख ६९ हजार ८१२ नमुना परीक्षण सम्पन्न भएको छ ।

सोमबार दिउँसो २ बजेसम्म सबैभन्दा बढी बागमति प्रदेशका ३२ वटा प्रयोगशालामा कुल ७ लाख ७१ हजार ६६१ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा ७ वटा प्रयोगशालामा १ लाख ८९ हजार ८५५ , प्रदेश २ मा ६ वटा प्रयोगशालामा ८४ हजार ७३० , गण्डकी प्रदेशमा ४ वटा प्रयोगशालामा ९० हजार ४०९ , लुम्बिनी प्रदेशमा ८ वटा प्रयोगशालामा १ लाख ५५ हजार १८० नमुना परीक्षण भएको छ ।

कर्णाली प्रदेशमा ४ वटा प्रयोगशालामा ८७ हजार ९३६ र सुदुरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ९० हजार ९१ नमुना परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

देशभर ४२ सरकारी पीसीआर प्रयोगशाला र २४ निजी प्रयोगशाला गरि ६६ प्रयोगशाला मार्फत पीसीआर परीक्षण भैरहेको छ ।

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech