देशभर ३०९२४ जना होम आइसोलेसनमा

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

 

काठमाडौं १७, कात्तिक ।

देशभर ३० हजार ९२४ जना कोरोना संक्रमित विरामीहरु होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

लक्षण चिंह नदेखिएका र सामान्य अवस्थाका विरामीहरु होम आइसोलेसनमा बस्न पाउने निति अनुसार अहिले देशैभर संक्रमण पछि होम आइसोलेसनमा बस्नेहरु धेरै छन् । सबैभन्दा बढी बागमति प्रदेशमा १८ हजार २३३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार दिउँसो २ बजेसम्म प्रदेश १ मा ५ हजार ८९७ जना , प्रदेश २ मा १ हजार ४६ जना , गण्डकी प्रदेशमा १ हजार ३५९ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३ हजार ८६ जना , सुदूरपश्चिम प्रदेशमा ८५४ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४४९ जना होम आइसोलेसनमा रहेको बताईएको छ ।

त्यस्तै देशभर ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

 

होम आइसोलेसनमा हुनुहुन्छ ? के कुरामा ध्यान दिने ? एकैछिन डा.खगेन्द्र जंग शाहालाई सुनौ

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech