कोरोनाबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृृत्युु

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

तस्विरः फाइल

कोहलपुर १७, कात्तिक ।

कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ दाङका ५५ बर्षीय पुरुषको उपचारका क्रममा सोमवार दिउँसो तीन बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष आइतवार अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । सोमवार रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech