कोरोना संक्रमित नेपालगन्जकी ७० बर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

तस्विर : फाइल

नेपालगन्ज १६, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा थप एकजनाको ज्यान गएको छ । नेपालगन्ज उमपहानगरपालिका-१६ जयसपुरकी ७० बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा आइतवार साँझ ५ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज १२ गते अस्पताल भर्ना भएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech