टेकु अस्पतालले पनि कोभिडका विरामीको लागि शुल्क तोक्यो

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

काठमाडौं १६, कात्तिक ।
टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि लाग्ने शुल्क सार्वजनिक गरेको छ।

अस्पतालले कोरोना संक्रमण भएका व्यक्तिको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक गरेको छ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सरकारले कोभिड बिरामीका उपचारका लागि दिँदै आएको रकम नदिने भएपछि बाध्य भएर उपचार खर्च लिनु परेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘सरकारले उपचार खर्च नदिने, अस्पतालले आफै बिरामीसँग लिनु भनेपछि शुल्क विवरण तोकेका हौँ। तर, उपचार खर्च दिन नसक्ने,गरीब बिरामीको उपचार भने निशुल्क नै हुन्छ।’ उहाँले अन्य अस्पतालमा निकै कम शुल्क तोकेको दावि गर्नुभएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले निशुल्क कोरोना परीक्षण र उपचार बन्द गरेको छ।

 

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech