इंग्ल्याण्डमा फेरि लकडाउनको घोषणा

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

एजेन्सीहरु
कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः लकडाउन घोषणा गर्नु परेको प्रधानमन्त्री बोरिस जोन्सनले बताउनुभयो ।

यो वर्षको क्रिसमस ‘अति भिन्न’ हुन सक्ने बताउँदै प्रधानमन्त्री जोन्सनले अहिलेदेखि नै प्रयास सुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गर्नुभयो।

पब, रेस्टुरेन्ट, जिम तथा अरु अत्यावश्यक बाहेकका पसलहरु आउँदो बिहीबारदेखि चार हप्ताका लागि बन्द हुने प्रधानमन्त्री जोन्सनले बताउनुभयो । तर यो पटकको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला हुने छन् ।

गएको अप्रिलमा भन्दा अब कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अधिक हुने देखिएकाले बाध्य भएको जोन्सनले उल्लेख गर्नुभएको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech