कोरोना संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७७, शनिबार

तस्विर: फाइल

 

नेपालगन्ज १५, कात्तिक ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुईजना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज- २० राँझा निवासी ६० बर्षीया महिला र तुलसीपुर – १८ दाङका ७० वर्षिय पुरुषको शनिवार उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

संक्रमित महिलालाइ कोभिड १९ शंका लागेपछि कात्तिक ८ गते पीसीआर परीक्षणका लागि स्वाब दिएको र सोही दिन रिर्पोट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि त्यसैदिन अस्पताल भर्ना भई उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा कात्तिक १५ गते साँझ ५ :३० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या आई कात्तिक १३ गते नेपालगन्ज मेडिकल कलेजको आइसियुमा भर्ना भएका दाङका ७० वर्षिय पुरुषको कोभिड आशंकामा कात्तिक १४ मा नमूना परीक्षण गरिएको र भोलिपल्ट रिर्पोट पोजेटिभ आएको थियो ।

उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार दिउसो २:४५ मा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा (जिल्लाकै नागरिक)मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

त्यस्तै जिल्ला बाहिरबाट उपचारका लागि आई भर्ना भएका र उपचारकै क्रममा मृत्यु भएकाहरुको संख्या १९ पुगेको छ । यसअघि शनिवार विहान मेडिकल कलेज कोहलपुरमा एक जना पुरुषको समेत भाईरस संक्रमणबाट मृत्यु भएको थियो ।

 

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech