२५०८ कोरोना संक्रमित थपिए, २२६४ जना डिस्चार्ज,१७ को मृत्यु

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७७, शनिबार

काठमाडौं १५,कात्तिक ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार थप  २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ९ हजार २७९ नमूना परीक्षण गर्दा ९७६ महिला र १५३२ पुरुष गरी जम्मा २ हजार ५०८ मा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २६४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । त्यस्तै देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech