कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा सारियो

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७७, शनिबार

 

काठमाडौं १५, कात्तिक ।
कांग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको छ । दुई साताअघि कोरोना भाइरस संक्रमण भएका पूर्वमन्त्री तथा सांसद विश्वकर्माको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। अहिले उहाँलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको छ।

कात्तिक १ गते ५३ वर्षीय विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसन बस्नुभयो ।

होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्‍याइयो। तीन दिनसम्म उहाँको वीर अस्पतालमै उपचार गरिएको थियो तर, उहाँको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उहाँलाई ग्राण्डी अस्पताल सारिएको थियो।

अस्पतालले आइसीयुमा भए पनि विश्वकर्माको स्वास्थ्य स्थिति स्थीर रहेको बताउँदे आएको थियो। अस्पतालका निर्देशक डा चक्रराज पाण्डेले विश्वकर्माको उपचारका लागि आफूहरुले सम्पूर्ण विधि प्रयोग गरिसकेका जानकारी दिनुभएको छ । डा पाण्डेका अनुसार शनिबार दिउँसो भने उहाँको स्वास्थ्य स्थिति खस्किँदै गएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको छ। उहाँलाई रेमडेसिभिर लगायत कोरोना भाइरसको उपचारका लागि सम्भावित सबै औषधीको प्रयोग गरिरसकेका डा पाण्डेले बताउनुभयो ।

 

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech