दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • १५ कार्तिक २०७७, शनिबार

तस्विर: फाइल

कोहलपुर १५, कात्तिक ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-४ दाङका ७० बर्षीय पुरुषको शनिवार विहान ५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ११ गते अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको १२ गते स्वाव परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । लगत्तै उनलाई कोभिड युनिटमा स्थानान्तरण गरिएको थियो ।

तर अवस्थामा सुधार नआएपछि आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जनाको मृत्यु भएको छ ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech