चितवन र रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७७, शुक्रबार

चितवन १४, कात्तिक ।

चितवन र रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत दुईजना र बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा एकजना गरी तीनजना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत चितवन रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ः५४ बजे मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनको गएराति ११ः४७ बजे मृत्यु भएको हो ।

यस्तै बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको छ ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो । संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिनुभयो ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech