बाँकेमा आज ६ बर्षीय बालकसहित ७४ जनाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७७, शुक्रबार

 

नेपालगन्ज १४, कात्तिक ।

बाँकेमा शुक्रबार थप ७४ जना डिस्चार्ज भएका छन् । कात्तिक ४ गते संक्रमण पुष्टि भएर अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा बसेका २६ महिला र ४८ पुरुषगरी ७४ जना डिस्चार्ज भएका हुन् । त्यसमा ६ बर्षीय एकजना बालकले पनि भाइरस संक्रमण जितेका छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७ सय ८६ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा २ सय ६१ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट हालसम्म बाँकेमा ३० जनाले ज्यान गुमाएका छन् । बाँकेमा कूल संक्रमितको संख्या ३ हजार ७७ रहेको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech