बाँकेमा आज ३७ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज १३, कात्तिक ।
बाँकेमा विहीबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १७ महिला र २० पुरुषगरी ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १४ जना र कोहलपुरकै बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ३५ पुगेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । विहीबार ३७ जना थपिएसँगै बाँकेमा संक्रमितको संख्या ३ हजार ७७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । विहीबार ३४ जना डिस्चार्ज भएसँगै जिल्लामा भाइरस संक्रमणबाट मुक्त भइ डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय १२ पुगेको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech