नेपालगन्ज १३,कात्तिक ।
कोरोना संक्रमित एक जनाको नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका ५ दाङ का ६५ वर्षिय पुरुषको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि कात्तिक ९ गते पीसीआर परीक्षणका लागि श्वाब दिएका उनको कात्तिक १० गते कोभिड पोजेटिभ रिर्पोट आएको थियो । सोही दिन शिक्षण अस्पतालमा भर्ना भई उपचार सुरु गराएका उनको स्वास्थ्यमा सुधार नआएको र कात्तिक १३ गते दिउसो ३ :५० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मृतक पुरुष लामो समयदेखि मधुमेह रोगबाट पिडित रहेको बताईएको छ ।
योसँगै बाँके जिल्लामा बाहिर जिल्ला बाट आई उपचारका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।