कोभिड संक्रमित ६५ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७७, बिहीबार

तस्विरः फाइल

 

नेपालगन्ज १३,कात्तिक ।

कोरोना संक्रमित एक जनाको नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका ५ दाङ का ६५ वर्षिय पुरुषको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक ९ गते पीसीआर परीक्षणका लागि श्वाब दिएका उनको कात्तिक १० गते कोभिड पोजेटिभ रिर्पोट आएको थियो । सोही दिन शिक्षण अस्पतालमा भर्ना भई उपचार सुरु गराएका उनको स्वास्थ्यमा सुधार नआएको र कात्तिक १३ गते दिउसो ३ :५० मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतक पुरुष लामो समयदेखि मधुमेह रोगबाट पिडित रहेको बताईएको छ ।

योसँगै बाँके जिल्लामा बाहिर जिल्ला बाट आई उपचारका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech