लुम्बिनी मेडिकल कलेज तानसेनमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७७, बुधबार

बुटवल १२, कात्तिक ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि ७४ वर्षीय पुरुषलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

 

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech