बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७७, मंगलवार

 

नेपालगन्ज ११, कात्तिक ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

उहाँले भाइरस संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो । प्रजिअ कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएका कारण आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई संक्रमण देखिएको थियो । उहाँ क्वाटरमै आइसोलेसनमै बस्नु भएको छ ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech