३८ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७७, मंगलवार

 

नेपालगन्ज ११,कार्तिक

मंगलबार बाँकेका ३८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसन (संस्थागत आइसोलेसन , होम आइसोलेसन) बाट १४ जना महिला र २४ जना पुरुष गरि ३८ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या २ हजार ६६० पुगेको छ । अब बाँकेका ३०६ र जिल्ला बाहिरका १८ गरि जम्मा ३ सय २४ जना आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बाँकेमा विरामीको निको हुने दर प्रति सयमा ८८.७९ प्रतिशत रहेको छ ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech