बाँकेमा सोमबार ६ जना संक्रमित थपिए , अब सक्रिय संक्रमित ३४४ जना।

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०७७, सोमबार

 

नेपालगन्ज १०,कार्तिक ।

दशैको टिकाको दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ९६ पुगेको छ ।

सोमबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकाहर २४ देखि ५२ वर्ष उमेर समुहका छन् ।

अब बाँकेका विभिन्न आइसोलेसनमा ३ सय ४४ जनाले स्वास्थ्य लाभ गरिरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech