सोमबार थप १७४१ जनामा संक्रमण पुष्टि, ४००५ जना संक्रमण मुक्त, १५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०७७, सोमबार

 

काठमाडौं १०,कार्तिक ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ५ हजार ६ नमूना परीक्षणमा गर्दा १०६४ पुरुष र ६७७ महिला गरि जम्मा १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २९२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech