बाँकेका विभिन्न आइसोलेसनबाट १ सय ५७ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७७, आईतवार

नेपालगन्ज ९, कार्तिक ।

आइतबार बाँकेका विभिन्न आइसोलेसनमा रहेका १ सय ५७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ९८ जना पुरुष र ५९ जना महिला गरि जम्मा १ सय ५७ जना डिस्चार्ज भएका हुन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको कुल संख्या २ हजार ५ सय १४ पुगेको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार जिल्लामा विरामीको निको हुने दर प्रति सयमा ८४ं.४५ प्रतिशत रहेको छ ।

अब ४ सय ३३ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech