२२२५ कोभिड संक्रमित थपिए ,२८४६ जना डिस्चार्ज ,१३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७७, शनिबार

 

काठमाडौं ८,कात्तिक।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा उनिहरुमा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर संक्रमित हुनेहरुको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । यस्तै अब देशभर सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ रहेको छ ।देशभर पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको छ ।

योसँगै हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech