भेरी अस्पतालका हाडजोर्नी रोग बिशेषज्ञद्धय प्रकाश थापा र राहुल मिश्रद्धारा प्लाज्मा दान

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

नेपालगन्ज ७, कात्तिक ।
भेरी अस्पताल नेपालगन्जका हाडजोर्नी विशेषज्ञद्धय डा प्रकाश थापा र राहुल मिश्रले शुक्रबार प्लाज्मा दान गर्नुभएको छ । भेरी अस्पतालका मेसु समेत रहनुभएका डा थापा र डा मिश्रले अस्पताल परिसरमै रहेको रक्त संचार केन्द्रमा प्लाज्मा दिनुभएको हो ।

डा थापाले कोरोना भाइरस संक्रमणबाट मुक्त भएको ३१ दिन पछि र डा मिश्रले भाइरस संक्रमणमुक्त भएको ५८ दिनपछि प्लाज्मा दिनुभएको छ । डा थापालाई असोज ६ गते भाइरस संक्रमण भएको थियो भने डा मिश्रलाई भदौ ९ गते भाइरस संक्रमण भएको थियो । कोरोना भाइरसका गम्भीर विरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न प्लाज्मा दिने गरिएको छ ।

 

बाँकेमा अहिलेसम्म ३७ जनाले प्लाज्मा दान गरिसक्नु भएको छ । रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार, ३१ जनाको प्लाज्मा भने विरामीलाई चढाइसकिएको छ । केन्द्रसँग अव पाँचजनाको स्टक छ । पछिल्लो समय भाइरस संक्रमणबाट मुक्त भएका व्यक्तिहरुको शरिरमा एन्टिबडी पूर्णरुपमा विकसित भए नभएको चेकजाँच गरेरमात्र प्लाज्मा निकाल्ने गरिएको भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजंग शाहले बताउनुभयो ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech