आज थप ४४९९ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

काठमाडौं ७, कात्तिक ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ भने ३ हजार ५ सय ९० जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय २९ पुगेको छ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech