नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दशैं विदामा पनि कोरोना परिक्षण

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

तस्बिर:फाइल

 

नेपालगन्ज ७ कात्तिक ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशाला दशैं विदामा पनि कोरोना परीक्षणका लागि खुल्लै रहने भएको छ ।

बाँकेका भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी डाइग्नोष्टिक सेन्टरका पीसीआर प्रयोगशाला दशैं विदामा बन्द रहने भएपनि मेडिकल कलेज कोहलपुरको परीक्षण सेवा भने नरोकिने अस्पतालका सहायक निर्देशक डा नितेश कुमार कनोडियाले जानकारी दिनुभयो ।

 

कोरोना महामारीका बेला पीसीआर परीक्षण रोकियो भने सर्वसाधरणलाई समस्या हुने भएकाले  पीसीआर ल्याव खुल्ला गर्न लागिएको सहायक निर्देशक कनोडियाले स्वास्थ्य पेजलाई बताउनुभयो ।

अस्पतालमा ल्याव संचालन भएदेखि अहिलेसम्म ३ हजार १ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसमा ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

भेरी अस्पतालको पीसीआर ल्याव आइतवार ९ गतेदेखि मंगलवार ११ गतेसम्म तीन दिन बन्द रहने अस्पतालका निमित्त मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । भेरी अस्पतालको प्रयोगशालामा अहिलेसम्म ४५ हजार ६ सय ९ जनाको कोरोना परीक्षण गरेको छ । त्यसमध्ये ३ हजार ३ सय ९४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो विहीबार दिउँसो तीन बजेसम्मको विवरण हो ।

यस्तै बागेश्वरी डाइग्नोष्टिक सेन्टरले आज शुक्रबार दिउँसो १ बजेदेखि पीसीआर ल्याव बन्द गरिसकेको संचालक विमल बुढाथोकीले जानकारी दिनुभयो । उहाँले बुधवारदेखि मात्र ल्याव संचालनमा आउने बताउनुभयो ।

बागेश्वरीले अहिलेसम्म ३ हजार ६ सय ५० जनाको पीसीआर परीक्षण गरेको छ । त्यसमा ७ सय पोजेटिभ केस देखिएको संचालनक बुढाथोकीले बताउनुभयो ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech