बाँकेका सहायक सिडिओ हरि प्याकुरेललाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज ६, कात्तिक ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा हल्का असजिलो महसुस भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बुधवार कोरोना परीक्षणका लागि भेरी अस्पतालमा नमुना दिनुभएको थियो ।

त्यसको परीक्षण गर्दा विहीबार (आज) रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्वास्थ्य पेजलाई जानकारी दिनुुभयो । कुरुम्वाङका अनुसार, प्याकुरेललाई शरिर दुख्ने समस्या भएपनि अन्य समस्या भने देखिएको छैन् ।

‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भन्नुभयो–‘हल्का शरिर दुखेपनि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको छैन् ।’

प्याकुरेल अहिले क्वाटरमै आइसोलेसन बस्नुभएको छ । प्याकुरेललाई भाइरस संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा पनि कोरोना प्रवेश गरेको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech