कोरोना अपडेटः आज ३६३७ थपिए, ३२१५ डिस्चार्जः २१ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

काठमाडौं ६, कात्तिक ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ३३९ जना र होम आइसोलेसनमा ३१ हजार ५३८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ७५२ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech