बाँकेमा पाँच महिनामा २९ जनाको मृत्यु (मृतकको विवरणसहित)

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

तस्विर: फाइल

नेपालगन्ज ६, कात्तिक ।
बाँकेमा पाँच महिनाको अवधिमा कोरोना भाइरस संक्रमणबाट २९ जनाको निधन भएको छ । ११ महिला र १८ पुरुष गरी २९ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । गएको जेठ महिनादेखि असोजसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै असोज महिनामा कोरोना भाइरस संक्रमणबाट १८ जनाले ज्यान गुमाएका छन् ।

मृतकहरुको विवरणः

१–नरैनापुर गाउँपालिका–५ नरैनापुरका २५ बर्षीय युवकको जेठ ४ गते विहान ६ः ४० बजे मृत्यु भएको थियो । भारतबाट आएका तीन पुरुष स्थानीय दीपेन्द्र प्राविको क्वारेन्टिनमा बसेका थिए । उनको त्यही मृत्यु भएको थियो ।

२–बैजनाथ गाउँपालिका–६ की ४६ बर्षीया महिलाको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा असार ३ गते विहान ६ः३० बजे मृत्यु भयो । कोभिड संक्रमण पुष्टि भएको दुई दिनपछि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

३–कोहलपुर नगरपालिकाकी ७० बर्षीया महिलाको साउन २५ गते मृत्यु भएको थियो । त्यसको दुई दिन अघि उनलाई भाइरस संक्रमण पुष्टि भएको थियो । उनको उपचारकै क्रममा क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

४–नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ बर्षीय पुरुषको भदौ १ गते राती ११ः४० बजे मृत्यु भयो । उनी त्यसैदिन नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।

५–नेपालगन्ज उपमहानगरपालिका–१ का ३७ बर्षीय पुरुषको भदौ १० गते राती ११ः४० बजे मृत्युभयो । उनी त्यसको दुई दिन अघि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए ।

६–नेपालगन्ज उपमहानगरपालिका–७ की ७० बर्षीया महिलाको भदौ ११ गते विहान ११ः४० बजे मृत्युभयो । उनी ३ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् ।

७– नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ बर्षीय पुरुषको भदौ २१ गते विहान ८ः४० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्युभयो । उनीहरु तीन दिन अघि अस्पताल भर्ना भएका थिए ।

८– नेपालगन्ज उपमहानगरपालिका–१६ की ६० बर्षीया महिलाको भदौ २३ गते विहान ७ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भयो । उनी त्यसको दुई दिन अघि अस्पताल भर्ना भएकी थिइन् ।

९– नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षीय पुरुषको असोज १ गते ५ः१५ बजे मृत्यु भयो । उनी त्यसैदिन भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

१०– नेपालगन्ज उपमहानगरपालिका–२१ का ५९ बर्षीय पुरुषको असोज ३ गते राती ११ः३० बजे मृत्यु भयो । भेरी अस्पतालमा भदौ २० गते भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

११–सुर्खेत गुर्वाकोट–४ का ५८ बर्षीय पुरुषको असोज ५ गते विहान ६ः २५ बजे मृत्युभयो । उनी कोहलपुरमै बस्दै आएकाले मृत्युको विवरण बाँकेमै समेटिएको हो । उनी भदौ २२ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

१२– नेपालगन्ज उपमहानगरपालिका–३ एक्लैनीका ५२ बर्षीय पुरुषको असोज ९ गते विहान २ः२५ बजे मृत्यु भयो । कोहलपुर मेडिकल कलेजमा असोज ६ गते भर्ना भएका उनको उपचारकै क्रममा मृत्युभएको हो ।

१३–नेपालगन्ज उपमहानगरपालिका–९ का ४७ बर्षका पुरुषको असोज ११ गते विहान ५ बजे मृत्यु भयो । कोहलपुर मेडिकल कलेजमा असोज ६ गते भर्ना भएका उनको उपचारकै क्रममा मृत्युभएको हो ।

१४–कोहलपुर नगरपालिका–१४ की ७९ बर्षीया महिलाको असोज १२ गते दिउँसो २ः१५ बजे मृत्युभयो । उनी त्यसैदिन कोहलपुर मेडिकल कलेजको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना भएकी थिइन् ।

१५–नेपालगन्ज उपमहानगरपालिका–७ का ३९ बर्षीय पुरुषको असोज १३ गते विहान ३ः३० बजे मृत्यु भयो । भदौ ३१ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

१६–कोहलपुर नगरपालिका–१० का ५३ बर्षीय पुरुषको असोज १३ गते विहान ४ः१५ बजे मृत्यु भयो। उनी असोज ६ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका थिए ।

१७–नेपालगन्ज उपमहानगरपालिका–१ की ३७ बर्षीया महिलाको असोज १४ गते ५ः२० बजे मृत्युभयो । असोज २ गते भर्ना भएकी उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

१८– नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुषको असोज १५ गते बेलुका ५ः२० बजे मृत्यु भयो । उनी असोज १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

१९– खजुरा गाउँपालिका–८ का ५९ बर्षीय पुरुषको असोज १५ गते दिउँसो ३ः १० बजे मृत्युभयो । उनी असोज १ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।

२०– नेपालगन्ज उपमहानगरपालिका–९ की २५ बर्षीया महिलाको असोज १७ गते बेलुका ४ः४५ बजे मृत्यु भयो । भदौ ३० गते भर्ना भएकी उनको उपचारकै क्रममा भेरीमा मृत्युभएको हो ।

२१–नेपालगन्ज उपमहानगरपालिका–१२ का ६० बर्षीय पुरुषको असोज १७ गते बेलुलका ४ः५६ बजे मृत्युभयो । उनी असोज १५ गते भेरीमा भर्ना भएका थिए ।

२२– नेपालगन्ज उपमहानगरपालिका–६ का ७२ बर्षीय पुरुषको असोज १८ गते विहान ६ बजे मृत्यु भयो । उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी होमआइसोलेसनमा बस्दै आएका थिए । उनको घरमै मृत्युभयो ।

२३–नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ बर्षीया महिलाकोे असोज २३ गते दिउँसो ३ बजे मृत्युभयो । उनी त्यसको दुई दिन अघि भेरीमा भर्ना भएकी थिइन् ।

२४–कोहलपुर नगरपालिका–९ का ३८ बर्षीय पुरुषको असोज २३ गते राती ११ बजे मृत्युभयो । संक्रमण पुष्टि भएपछि सुरुमा उनको कोहलपुर मेडिकल कलेजमा उपचार गरिएको थियो । थप उपचारका लागि भेरी अस्पतालमा ल्याएलगत्तै उनको मृत्युभयो ।

२५–नेपालगन्ज उपमहानगरपालिका–१० का ८४ बर्षीय पुरुषको असोज २४ गते राती ९ः ५५ बजे मृत्युभयो । असोज ७ गते भर्ना भएका उनको उपचारकै क्रममा भेरीमा मृत्युभएको हो ।

२६–कोहलपुर नगरपालिका–८ का ७१ बर्षीया महिलाको असोज २४ गते राती १० बजे मृत्युभयो । उनी असोज १४ गते भेरीमा भर्ना भएकी थिइन् ।

२७– जानकी गाउँपालिका ६ बाँकेका ६५ बर्षीय पुरुषको असोज २८ गते राती १० बजे मृत्युभयो । ती पुरुष असोज १० गते भेरीमा भर्ना भएका थिए ।

२८–नेपालगन्ज उपमहानगरपालिका–१० का ६१ बर्षका पुरुषको असोज ३० गते राती ९ बजे मृत्युभयो । उनी असोज २५ गते भेरीमा भर्ना भएका थिए ।

२९–नेपालगन्ज उपमहानगरपालिका–१९ की १८ बर्षीया महिलाको असोज ३० गते राती ९ः३० बजे मृत्युभयो । उनी असोज २९ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी थिइन् ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech