भेरी अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज ५ कात्तिक ।
भेरी अस्पताल नेपालगन्जले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । केन्द्र सरकारले संक्रमित भए नागरिक आफैले उपचार गर्नु पर्ने बताए पनि लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशूल्क गर्ने बताएपछि भेरी अस्पतालले पनि कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थय पेजलाई जानकारी दिनुभयो ।

भेरीमा संचालित कोभिड विशेष अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले प्रदेशको निर्णय अनुसार भेरीले दिने सेवा पनि निःशुल्क हुने उहाँको भनाइ छ । लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटा कोरोना अस्पतालबाट संक्रमितको उपचार निःशूल्क हुने जानकारी दिईसक्नु भएको छ ।

प्रदेश सरकारले नेपालगन्जको भेरी अस्पताल, दाङको बेलझुण्डी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवाको भीम अस्पतालमा कोरोना विशेष अस्पताल संचालन गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेपछि आलोचना भइरहेका बेला लुम्बनी प्रदेशले यस्तो निर्णय गरेको हो ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech