नेपालगन्ज ४,असोज ।
बाँकेमा कोराना संक्रमित एक पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २१ का ५९ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १० पुगेको छ । भाद्र २० गते स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना भएका त्यी पुरुषको २० गतेनै कोरोना परीक्षणका लागि स्वाब लिईएको र भाद्र २१ गते रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मृतक पुरुषलाई प्लाज्मा थेरापी,एन्टी भाईरल रेमडीसीभीर लगायतका सम्पुर्ण उपचार विधि प्रयोग गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि निजको शनिवार अबेर राती मृत्यु भएको स्वास्थ्यको सूचनामा उल्लेख छ ।