कोराना संक्रमित ५९ वर्षिय पुरुषको मृत्यु ,बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज ४,असोज ।
बाँकेमा कोराना संक्रमित एक पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २१ का ५९ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १० पुगेको छ । भाद्र २० गते स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना भएका त्यी पुरुषको २० गतेनै कोरोना परीक्षणका लागि स्वाब लिईएको र भाद्र २१ गते रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मृतक पुरुषलाई प्लाज्मा थेरापी,एन्टी भाईरल रेमडीसीभीर  लगायतका सम्पुर्ण उपचार विधि प्रयोग गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नआएपछि निजको शनिवार अबेर राती मृत्यु भएको स्वास्थ्यको सूचनामा उल्लेख छ ।

  • ४ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech