भेरीको आइसोलेसन बेड भरिभराउ, लक्षण चिन्ह नदेखिएकालाई सिफ्ट गर्ने तयारी

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

नेपालगन्ज ३१, भदौ ।

बाँकेमा कोरोना भाइरस संक्रमणका विरामी दिनहुँ थपिएका छन् । पछिल्लो समय त झन लक्षण चिन्ह देखिएका संक्रमित विरामी थपिने क्रम बढेको छ । लक्षण चिन्ह देखिएका विरामीलाई भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको कोरोना विशेष आइसोलेसन वार्डमा राख्ने गरिएको छ । तर आइसोलेसन वार्ड लक्षण चिन्ह नभएका संक्रमितले भरिएपछि भेरी अस्पताललाई अहिले तनाव भइरहेको छ । लक्षण चिन्ह देखिएका उपचार गर्नै पर्ने विरामी आए कहाँ राख्ने ? अस्पतालसँग अहिले बेड छैन् ।

लक्षण चिन्ह नदेखिएका विरामीहरुले आइसोलेसन भरिएपछि उपचार पाउनै पर्ने भाइरस संक्रमितका विरामी भने उपचारबाट बञ्चित हुने अवस्था आएको छ ।

८ वटा आइसीयू वेडसहित ७२ वेड क्षमताको आइसोलेसन वार्डमा ६५ बढी संक्रमित छन् । तीमध्ये लक्षण चिन्ह नभएका ३० बढी छन् । ‘संक्रमण पुष्टि भएपछि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या छ भन्दै अस्पतालमा आउनुहुन्छ अस्पतालका मेसु डा.प्रकाश थापाले भन्नुभयो–‘आइसोलेसनमा बसिसकेपछि उहाँमा कुनै समस्या देखिएको हुदैन् ।’ लक्षण चिन्ह नदेखिएका विरामीहरुले आइसोलेसन भरिएपछि उपचार पाउनै पर्ने भाइरस संक्रमितका विरामी भने उपचारबाट बञ्चित हुने अवस्था आएको छ ।

लक्षण चिन्ह देखिएका विरामीलाई समस्या आउना साथ तत्काल उपचार गर्नुपर्ने अवस्था हुन्छ । यस्ता विरामीलाई स्वास्थ्यकर्मीकै निगरानीमा राखेर उपचार गरिनु पर्छ । मेसु थापाले लक्षण चिन्ह नदेखिएका विरामीलाई आइसोलेसनबाट सिफ्ट गर्ने तयारी गरिएको जानकारी दिनुभयो । ‘वेड अभावमै उपचार नपाएर विरामी मर्नुपर्ने अवस्था आउन दिनु हुँदैन् उहाँले भन्नुभयो–‘लक्षण चिन्ह नदेखिएका विरामीलाई आजै अन्य आइसोलेसन सेन्टरमा सिफ्ट गर्ने तयारीमा छौं ।’

होमआइसोलेसनको अवधारणालाई तत्काल जिल्लामा कार्यान्वयनमा ल्याउन नसक्ने हो भने कोभिडका उपचार पाउनै पर्ने विरामीले उपचार नपाएर मर्नेस्थित आउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

लक्षण चिन्ह नदेखिएका विरामीलाई अन्य आइसोलेसनमा डिस्चार्ज गरी गम्भीर र लक्षण देखिएका विरामीको उपचारका लागि अस्पतालका आइसोलेसन बेडहरु तयारी अवस्थामा राख्नुपर्ने तत्कालको आवश्यकता रहेकाले त्यहीअनुसार वेडहरु खाली गराउन लागिएको मेसु थापा स्पष्ट पार्नुभयो ।
कोरोना संक्रमितको उपचारमा निरन्तर लागिरहनुभएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा.आसिम किदवाईले मेडिकल कलेजमा लक्षण नभएका विरामीहरुलाई पहिलेदेखिनै नराखिएको बताउनुभयो । ‘लक्षण चिन्ह देखिएका विरामीले वेड भरिए गम्भीर खालका विरामीलाई कहाँ राख्ने उहाँले भन्नुभयो–‘उपचार गर्न आवश्यक नपर्ने विरामीलाई अन्य आइसोलेसन सेन्टरमा पठाउने गरेका छौं ।’

होमआइसोलेसनको अवधारणालाई तत्काल जिल्लामा कार्यान्वयनमा ल्याउन नसक्ने हो भने कोभिडका उपचार पाउनै पर्ने विरामीले उपचार नपाएर मर्नेस्थित आउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech