बंगलादेशको रेमडिसिभिर भेरी र नेपालगन्ज मेडिकल कलेजलाई पनि

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

नेपालगन्ज ३०, भदौ ।
सरकारले भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई डेढ सय भायल रेमडिसिभिर दिने भएको छ ।

बंगलादेशबाट सहयोगका रुपमा आएको ५ हजार भायल रेमडिसिभिर मध्ये सरकारले भेरीलाई एक सय र मेडिकल कलेज कोहलपुरलाई ५० भायल रेमडिसिभिर दिने भएको हो । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले सरकारले भेरीलाई सय भायल रेमडिसिभिर पठाउन लागेको जानकारी आफुले पाएको बताउनुभयो । यद्यपी रेमडिसिभिर भने अझै आइपुगेको छैन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार पहिलो चरणमा औषधि प्रभावकारिता हेर्नका लागि विभिन्न ३० अस्पताललाई २ हजार ९ सय ६० भायल रेमडिसिभिर बाँड्न सुरु गरिएको जानकारी दिनुभयो । औषधिको प्रभावकारिकता हेर्नका लागि अनुमति पाएका अस्पतालहरुलाई अध्ययनका लागि सो औषधि वितरण गर्ने निर्णय भएको डा. ज्ञवालीले बताउनुभयो ।

परिषद्ले बनाएको गाइडलाइनअनुसार मापदण्डमा परेका बिरामीहरुलाई सम्बन्धित चिकित्सकहरुले रेमडिसिभिर दिन सक्नेछन् । परिषद्ले पहिलो चरणमा आईसीयु, कोभिड—१९ वेड र सम्भावित गम्भीर बिरामीको आवश्यकताका आधारमा ३० वटा अस्पतालमा २ हजार ९ सय ६० भायल रेमडिसिभिर दिने प्रक्रिया सुरु गरेको छ।

एनएचआरसीको मापदण्डअनुसार सामान्यबाट गम्भीर हुँदैं गएको आईसीयु र भेन्टिलेटरमा नराखेका बिरामीलाई ५ दिनको कोर्स, गम्भीर आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीलाई १० दिनको कोर्स दिइने उल्लेख छ ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech