धुम्रपानको लतले यौन जीवन पनि वर्वाद पार्न सक्छ,समाधान के त ?

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०७७, मंगलवार

के तपाई धुम्रपान सेवन गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने यसको असर तपाईको शरीरको फोक्सोसँगै तपाईको पार्टनरसँगको सम्बन्धसम्म पुग्नु कुनै नौलो कुरा होइन ।

किनकी थुप्रै अध्ययनहरुले धुम्रपानको असर व्यक्तिको यौनजीवन समेत पर्छ भन्ने कुराको पुष्टि गरिसकेको छ । यो हामीमध्ये अधिकांशलाई थाहाँ भएको कुरा हो, धुम्रपान एक वैधानिक चेतावनी मात्र नभई यसले व्यक्तिको ज्यान समेत लिन सक्छ ।

फोक्सोबाट सुरु हुँदै मुटु र हाडजोर्नीका साथै यसले व्यक्तिको यौन अङ्गमा समेत असर पु¥याउँछ । जसको प्रभाव सजिलै व्यक्तिको यौन जीवनमा समेत पर्न जान्छ । वास्तवमै धुम्रपानले व्यक्तिमा यौनजीवनमा ठुलो महत्व राख्छ । यसको सेवनले यौनिक अंगमा हुने रक्त प्रवाहलाई कम गर्छ ।
जसकारण व्यक्तिको यौन प्रर्दशन र अनुभवमा हृास आउँछ । शारीरिकसँगै सुखी यौनजीवनमा समेत छाया पार्ने धुम्रपान सेवन गर्ने कसरी उम्कने त ?

धुम्रपानबाट छुटकारा पाउने उपायहरुः

अधिकांश धुम्रपान सेवनकर्तालाई धुम्रपानले हानि गर्छ भन्ने तथ्य थाहा हुदाहुदा पनि उनीहरु यसको लतलाई आफूबाट टाढा राख्न सकिरहेको हुदैन । धुम्रपानमा पाइने निकोटिनका कारण धुम्रपान गर्ने व्यक्तिमा छिनमै चुरोट वा भ्यापिङ नभएमा उनीहरुमा छपटाहट देखिने हुन्छ । जसकारण उनीहरु चाहेर पनि यस बानीलाई त्याग्न सक्दैनन् । तर, यस्ता केहि पक्षहरु छन्, जसले धुम्रपान सेवनको लत त्याग्न चाहाने व्यक्तिलाई मद्दत गर्दछः
योगा
तनावमुक्त रहने केहि वस्तु मुखमा राखिराख्ने वा चपाईराख्ने निकोटिनले भिटामिन सी र डिलाई ब्लक गर्ने भएकाले खानामा हरियो सागसब्जी र तरकारीको मात्रा बढाउने र, उचित डाइट ब्यालेन्सको फर्मुला अपनाउने ।
-एजेन्सी

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech