नर्सिङ संघले भन्यो-‘नर्सको मागप्रति गम्भीर छौं’

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

काठमाडौं २९, भदौ ।
नर्सिङ शिक्षा र सेवा दुवै क्षेत्रमा नर्सहरु पीडित रहेको भन्दै केहि नर्सहरुल‍े बुझाएको ज्ञापनपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल नर्सिङ संघले जनाएको छ ।
संघले विज्ञप्ती निकालेर नर्सहरुले राखेका मागका सम्वन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नर्सहरुल‍े राखेका अधिकांश मागहरु संघले विगतदेखि निरन्तर उठाउँदै आएको स्पष्ट पारेको छ ।

सरकारी, निजि, गैरसरकारी अस्पतालहरुमा नर्सहरुको करार, बेतलवी विदा र तलव सुविधा कट्टा, बीमा सुविधा, चिकित्सा शिक्षा अध्ययन संस्थानमा वि.एन.अध्ययन विदामा देखिएको समस्या समाधानका लागि उल्लेखनीय पहल गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिरहेका अग्रमोर्चाका नर्सलाई संघले उच्च सम्मान गर्दै सम्पूर्ण नर्सहरुको लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारसँग पहल गरिरहेको जानकारी गराएको छ ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech