नेपालमा करिव ४० हजारले जिते कोरोना, आजमात्रै ८७९ डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

कोरोनामुक्त भएका बाँके खजुरा गाउँपालिका ५ का तीन बर्षिय बालक । तस्विरः नरेश श्रेष्ठ

काठमाडौं २९, भदौ ।
नेपालमा करिव ४० हजार संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित मिडिया व्रिफिङमा पछिल्लो २४ घण्टामा थप ८ सय ७९ जना संक्रमणमुक्त भएसँगै नेपालमा सोमवारसम्म भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको हो ।

यस्तै देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा थप १ हजार १ सय ७० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech