नेपाल फार्मेसी परिषदले पहिलो पटक प्रदेश स्तरीय लाइसेन्स परीक्षा सन्चालन गर्दै

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

काठमाडौं २९,भदौ ।

नेपाल फार्मेसी परिषदले लिने लाइसेन्स परीक्षा प्रदेश स्तरीय हुने भएको छ । कोरोना माहामारीका कारण लामो समयदेखि हुन नसकेको परीक्षा अब प्रदेश – प्रदेशमा गर्ने गरि तयारी गरिएको हो ।

कोभिड १९ सम्बन्धी सुरक्षा निर्देशिका अनुसार असोज १० गतेदेखि परीक्षा सञ्चालन गर्न लागिएको परिषदले जनाएको छ। सबैभन्दा पहिले असोज १० गते बागमती प्रदेशको काठमाडौंमा, १४ गते प्रदेश ५ को बुटवलमा परीक्षा सन्चालन हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको परीक्षा भने प्रदेश ५ को नेपालगञ्जमा असोजको १७ गते गरिनेछ ।

यस्तै असोज २० गते प्रदेश १ को विराटनगरमा, २३ गते गण्डकी प्रदेशको पोखरामा र २७ गते प्रदेश २ को जनकपुरमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ।

परीक्षाको प्रवेश पत्र असोज ६ गतेबाट वितरण गरिने परिषदले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौंमा एकै पटक परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम हुने भएकाले प्रदेश अनुसार परीक्षा सञ्चालन गर्न लागिएको हो ।

यो परिषदले लिन लागेको १५ औं लाइसेन्स परीक्षा हो । परीक्षामा ब्याचलर फार्मेसी तर्फ ७ सय ४ र डिप्लोमा फार्मेसी तर्फ ९ सय ३ गरी १ हजार ६ सय ७ जना फर्मासिस्ट सहभागी हुँदैछन्।

स्मरण रहोस् यसअघि परिषदले लाइसेन्स परीक्षा काठमाडौंमा गर्दै आएको थियो ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech