विश्वमा एकै दिन थपिए तीन लाख ७ हजार भन्दा बढी संक्रमित

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

काठमाडौं २९, भदौ ।

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थपिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार एकै दिन तीन लाख ७ हजार ९०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेको संख्या ५५ सय भन्दा धेरैले बढेर विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख १७ हजार भन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा संक्रमित थपिएका हुन् । भारतमा ९४ हजार भन्दा धेरै, अमेरिकामा ४५ हजार भन्दा धेरै तथा ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो समय भारतमा दैनिक ९० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन् ।

डब्लुएचओका अनुसार विश्वभर कुल संक्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको तथा ब्राजिलमा ८७४ जनाको कोभिड–१९ का कारण ज्यान गएको हो ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech