बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो, तीन बर्षिय बालकले पनि जिते कोरोना

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

नेपालगन्ज २९, भदौ ।
बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार,  ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो ।

३ बर्षका बालकलाई खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो भने ७ र ९ बर्षिया बालिकालाई मेडिकल कलेज चिसापानीको आइसोलेसनमा राखिएको थियो ।

उनीहरु सबैलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १ हजार ३६ पुगेको छ । तथ्यांकका हिसावले हेर्ने हो भने बाँकेमा निको हुने दर ७१.९६ प्रतिशत रहेको छ ।

जिल्लाका विभिन्न आइसोलेसनमा अहिलेपनि ३ सय ९६ जना बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या हजार ४ सय ४० पुग्दा ८ जनाको भने मृत्यु भएको छ ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech