काठमाडौं २१, भदौ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ। परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बस्नुभएको छ।
क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटै गरिरहनुभएको छ । तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।