फेरी २० थपिए , आजमात्र बाँकेमा ६० जना संक्रमित

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज १९,भदौ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सांझ सवा ६ बजे जारी गरेको सुचनामा थप २० जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमित अधिकांश जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेको बताईएको छ । यसअघि आजै बाँकेमा ४० जनामा संक्रमण पुष्टि भएको थियो । ३७ जना भेरीको प्रयोगशालामा र ३ जना बागेश्वरी डाईग्नोस्टिकको प्रयोगशालामा संक्रमण पुष्टि भएको हो ।

अहिले भेरीले थप २० जनामा संक्रमण पुष्टि भएको सुचना जारी गरेसँगै आजमात्र बाँकेमा नयाँ संक्रमितको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ४७१ नमुना परीक्षण गर्दा भेरीमा बाँकेका मात्र ५७ संक्रमित थपिएका हुन् ।
जिल्लामा संक्रमण दर उस्तै रहेकाले संक्रमणको चेन तोड्न प्रशासनले हप्तामा दुईदिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको छ ।

  • १९ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech