१ सय ९७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • १३ भाद्र २०७७, शनिबार

काठमाडौं १३, भदौ।
कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १७५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन्।

त्यस्तै प्रदेश १ मा १५ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, कर्णली प्रदेशमा २४ आइसियुमा र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

  • १३ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech