काठमाडौं १६, साउन ।
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसँगै विहीबाररातीदेखि शुक्रबार विहानसम्म एकैदिन मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
विहीबारराती वीरगन्जमा तीनजनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।
उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो।