पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७७, शुक्रबार

काठमाडौं १६, साउन ।
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएसँगै विहीबाररातीदेखि शुक्रबार विहानसम्म एकैदिन मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

विहीबारराती वीरगन्जमा तीनजनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।

उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो।

  • १६ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech