राजश्ज कार्यालयका अधिकृतमा पनि कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७७, शनिबार

तस्विर : फाइल

नेपालगन्ज १०, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा शनिवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका २, बर्दियाका ६ र जुम्लाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा संक्रमित पुष्टि भएका नेपालगञ्जको त्रिभुवनचोकमा गरिएको नमूना संकलन मध्येका हुन् । साउन ८ गते त्रिभुवनचोकमा मजदूरलाई लक्षित गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, त्रिभुवनचोकमा एक सय १७ जनाको स्वाब लिइएकोमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालगञ्ज वडा नं. १२ की १९ वर्षीया किशोरी, नेपालगञ्ज वडा नं.११ का ३९ वर्षीय पुरुष र जुम्लाका ३३ वर्षीय पुरुषमा कोरोना देखिएको हो। वडा नं. १२ की किशोरी कामको खोजीमा आएको खुलेको छ भने वडा नं.११ का युवा मिठाई पसलमा काम गर्ने कामदार रहेको श्रेष्ठले जानकारी दिनुभयो । जुम्लाका ३३ वर्षीय पुरुष भने आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका अधिकृत भएको उहाँको भनाइ छ । तीनै जना क्वारेन्टिनमा नबसेका हन् ।

थप कोरोना पुष्टि भएका ६ जना बर्दिया राजापुर र ठाकुरबाबा नगरपालिकाका हुन् । अस्पतालका अनुसार बर्दिया राजापुर वडा नं.८ का पाँच जना र ठाकुरबाबा वडा नं.६ का एकजनामा कोरोना पुष्टि भएको छ।

  • १० श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech