लोक सेवाले माग्यो स्वास्थ्य सेवाका सातौं र आठौं तहसहित तीन सय पदमा दरखास्त

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७७, बुधबार

काठमाडौं २६, कात्तिक ।

लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदसहित करिब तीन सय पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ।

सूचना अनुसार दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आयोगले परीक्षा मिति भने पछि तय गरिने जनाएको छ।

आयोगका अनुसार ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech